
उहाँले
२०७२ सालको महाभूकम्प पछि आयोजना गरेका निशुल्क स्वास्थ्य शिविरहरूको स्वर हो यो
पुस्तक। यसमा अक्षरहरू पढिँदैनन्, सुनिन्छन्, गमिन्छन्, हृदयङ्गम गरिन्छन्।

डा.
समीरको प्रशंसा गर्नु भनेको उहाँलाई अपमान गरेको झैँ लाग्छ। उहाँ प्रंशसा -
पुरस्कारबाट टाढै रहेर मानव सेवा गर्ने मानव हुनुहुन्छ। उहाँले आफ्ना पुस्तकको
बिक्रीबाट आएको लेखकस्व, पाएका पुरस्कारहरूमा आफ्नै आर्जन थपेर तिनै बिरामीका लागि
औषधि किन्नुहुन्छ। टाउकामा ठूलो ऋणको भारी बोकेर मान्छेलाई उपचार गर्दै हिँड्नुहुन्छ।
सरकारको स नपुग्ने ठाउँमा पुग्नु भएको छ। मानिसलाई उपचारभन्दा बढी अपनत्व दिनुभएको
छ, मानिसमा मानिसप्रति, डाक्टरी पेसाप्रति गुमिसकेको विश्वास जगाउनुभएको छ। दीपा
भाउजूले डा. समीरका कदममा कदम मिलाउनु भएको छ। अन्य सहयोगी हातहरूले उहाँको
होस्टेमा हैँसे मिलाएका छन्। भूकम्प नजाँदै पनि देशका दूर-दराजका ठाउँमा गएर
महिनामा एउटा निशुल्क स्वास्थ्य शिविर चलाउने विरलाकोटी मानव हुनुहुन्छ उहाँ। उहाँले
मानिसलाई मानिसै देख्नुहुन्छ, नीजि क्लिनिकका डाक्टरलेझैँ पाँच सयको नोट
देख्नुहुन्न। आफ्ना देशका मानिसको दुःख उहाँको पनि दुःख हो। उहाँका साथीहरूको दुःख
उहाँको पनि हो।
यति
गर्दा पनि अभिमानको नामोनिसान छैन उहाँमा। पुराण वाचनमा दानवीर भएर नाम फुकाउने
कुनै रहर छैन। कतै शिलालेखमा नाम कुँदियोस् भन्ने छैन। नामको कुनै लोभ छैन। उहाँले
कुनै ब्यानरमा काम गर्नु भएन। म शिविर गर्दैछु भनेर हल्ला गर्नुभएन। जहाँ बिरामी
छन्, त्यहीँ जानुभयो। बिरामीका घरमा पस्दा उहाँ घरमा नपसेर मनभित्र पस्नुभयो।
उहाँले दवाईमात्र दिनुभएन, जीवन दिनुभयो, बाँच्नुको सार्थकता दिनुभयो।
पहिले
उहाँका फेसबुक स्टाटस पढ्दा लाग्थ्यो, मैले पनि कतै सहयोगी हात बढाएको भए हुन्थ्यो
होला। अब पुस्तक पढेपछि किन त्यसो गरिनँ भनेर पछुतो लागेको छ।
यी
प्रशंसाका शब्द होइनन्। मैले उहाँको सङ्गतमा जे देखेँ त्यही लेखेँ। अघि नै भने नि,
प्रशंसाले उहाँको अपमान गर्न म चाहन्नँ।
अन्त्यमा,
उहिले
मुगल बादशाहका दरबारमा एकजना महादानी अब्दुर्रहीम खानखाना हुने गर्नुहुन्थ्यो । उहाँ
जहिले पनि दान दिन हात उठाउँदा आँखा झुकाउनुहुन्थ्यो रे। एक दिन गोस्वामी
तुलसीदासले सोधी पठाउनुभएछ -
सीखे कहाँ नवावज ऐसी
देनी देन।
ज्यों- ज्यों का उँचो करो लोन्त्यो नीचे नैन।
ज्यों- ज्यों का उँचो करो लोन्त्यो नीचे नैन।
खानखानाले
यस्तो उत्तर दिनुभएछ -
देनहार कोउ और है, भेजत सो दिन रैन,
लोग भरम हमर हमपर घरें यातें नीचे नैन।
लोग भरम हमर हमपर घरें यातें नीचे नैन।
-0-
No comments:
Post a Comment